
Apr 29 2025 | २०८२, वैशाख १६ गते
काठमाडौं । बर्दिया गुलरियाका बरुण घिमिरेको हत्यामा संलग्न भएको आरोपमा प्रहरीले थप एक जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय बर्दियाका सूचना अधिकारी डीएसपी तुल्सीराम अर्यालले पक्राउ पर्नेमा गुलरिया नगरपालिका-६ का सुरेश भन्ने सुयस थापा रहेको जानकारी दिए ।
गत कात्तिक २७ गते राति गुलरिया नगरपालिका-५ का २० वर्षीय बरुणलाई एक समूहले धारिलो हतियार प्रहार गरी सख्त घाइते बनाएको थियो । अस्पताल लैजाने क्रममा उनको मृत्यु भएको थियो । यसअघि घटनामा संलग्न ७ जनालाई प्रहरीले नियन्त्रणमा लिइसकेको छ । सुयससँगै पक्राउ पर्नेको संख्या ८ पुगेको छ । अझै २ फरार रहेका छन् ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij