
Apr 15 2025 | २०८२, वैशाख २ गते
काठमाडौँ । टिकटक प्रतिबन्ध गरेको विरोधमा आइतबार टिकटकरले राजधानीको माइतीघर मण्डलामा प्रदर्शन गरेका छन् । सरकारको विरोधमा उनीहरूले विभिन्न नारा अंकित प्लेकार्डसहित प्रदर्शन गरेका हुन् ।
जनताको बोल्ने अधिकारको सुनिश्चित गर, टिकटक होइन जाजरकोटलाई ध्यान दे, टिकटक प्रतिबन्ध खारेज गर, सर्वोच्च अदालत कहाँ छ र लगायतका नारा अंकित प्लेकार्डसहित उनीहरूले सरकार विरुद्ध नाराबाजी गरेका हुन् ।
सर्वोच्चमा सोमबार नै टिकटक प्रतिबन्धविरुद्ध दायर रिटमा सुनुवाइ पनि हुँदैछ । कात्तिक २७ गते बसेको मन्त्रिपरिषद् बैठकले टिकटक बन्द गर्ने निर्णय गरेको थियो ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij