
Apr 18 2025 | २०८२, वैशाख ५ गते
काठमाडौं । भूकम्पपीडितलाई सहयोग गर्न प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १५ करोड २८ लाख २९ हजार ३०५ रुपैयाँ जम्मा भएको छ । कात्तिक १७ गते जाजरकोट केन्द्रविन्दु भएर गएको भूकम्पपछि प्रभावितहरूको सहयोगका लागि कोषमा उक्त रकम जम्मा भएको हो ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले कात्तिक १८ गतेदेखि मंसिर १ गतेसम्मको अवधिमा विभिन्न संघसंस्था र व्यक्तिहरूले उक्त रकम कोषमा जम्मा गरेको जनाएको छ । भूकम्पका कारण जाजरकोट र रुकुम पश्चिममा १५४ जनाको मृत्यु भएको थियो । भूकम्पले १३ जिल्लामा ६२ हजारभन्दा बढी घरमा क्षति गरेको थियो ।
भूकम्पले ठूलो जनधनको क्षति गरेपछि सरकारले भूकम्पपीडितहरूको सहयोगका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रकम जम्मा गर्न सर्वसाधरणलाई आह्वान गरेको थियो । सोही अनुसार विभिन्न संघसंस्था र व्यक्तिहरूले कोषमा रकम जम्मा गरेका हुन् ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij