
Apr 12 2025 | २०८१, चैत ३० गते
काठमाडौं । कतार पठाइदिने भन्दै ठगी गर्ने एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा मोरङ घर भई काठमाडौंको मनमैजु बस्ने ३३ वर्षीय भीमबहादुर तामाङ रहेका छन् । उनले कतारमा पार्लरको काममा लगाइदिने भन्दै अनिता मगरातीसँग एक लाख ८६ हजार ठगी गरेका थिए ।
उनले कतारमा ६० हजार तलब पाउने आश्वासन दिँदै उक्त रकम ठगी गरेको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता रविन्द्र रेग्मीले जानकारी दिए ।
थप अनुसन्धानका लागि वैदेशिक रोजगार विभागमा पठाइएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij