Logo

Apr 17 2025 | २०८२, वैशाख ४ गते

Apr 17 2025 | २०८२, वैशाख ४ गते

महोत्तरीबाट बेपत्ता किशोरीहरू प्रहरीकाे सम्पर्कमा

महोत्तरीबाट बेपत्ता किशोरीहरू प्रहरीकाे सम्पर्कमा

  • काठमाडौं । महोत्तरीबाट हराएका पाँच किशोरीलाई धनुषाको ढल्केबरमा भेटिएको छ । गत मंगलबारदेखि वेपत्ता भएका उनीहरुलाई आज बिहान फेला परेको प्रहरीले जनाएको छ ।

    images
    images
    images

    महोत्तरीको औरही नगरपालिका–२ की १६ वर्षीया बसन्ती सदा, १६ वर्षीया प्रतिमा सदा, १८ वर्षीया संगीता सदा, १५ वर्षीया राजन सदा र २० वर्षीया रूवी सदा गत मंगलबारदेखि बेपत्ता थिए ।

    उनीहरू पाँचैजनालाई ढल्केबर चोकमा ड्यूटीमा खटिएका प्रहरीले फेला पारेको हो । प्रहरीको प्रश्नमा उनीहरुले घुम्न हिँडेको भनेपछि शंका लागेर नियन्त्रणमा लिइएको हो ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij