
Apr 22 2025 | २०८२, वैशाख ९ गते
काठमाडौँ । नबिल बैंकको एटिएम फोड्न खोज्ने एक जना पक्राउ परेका छन् । बुधबार बिहान पोखरा-८ सभागृहचोक स्थितमा रहेको नबिल बैंकको एटिएम तोडफोड गर्दै गर्दा २० वर्षीय बबि ठाकुरलाई प्रहरीले पक्राउ गरेका हुन् ।
ठाकुर भारतको बिहार प्रदेश मोतीहारी जिल्ला फेनरा पञ्चायत ग्राम ढांका बजार घर भई हाल पोखरा-९ नयाँबजारमा ठाकुर सैलुन पसल सञ्चालन गर्दै आएका थिए । एटीएमको ढोकाको लक फोडेर भित्र मेसिन तोडफोड गर्दै गरेको अवस्थामा ठाकुर पक्राउ परेका हुन् ।
प्रहरीले उनको साथबाट मेसिन फोड्न प्रयोग भएको एक थान फलामको रड, एक थान पेचकस, एक थान कपाल काट्ने कैची भाँचिएको अवस्थाको र ढुङ्गासमेत प्रहरीले बरामद गरेको छ । उनलाई चोरी उद्योग मुद्दामा अनुसन्धान प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij