
Apr 23 2025 | २०८२, वैशाख १० गते
काठमाडौँ । कोकाकोला उत्पादक कम्पनी बोटलर्स नेपालले प्रतिकित्ता ६० रुपैयाँका दरले नगद लाभांश दिने भएको छ । बुधबार साँझ बसेको कम्पनीको सञ्चालक समितिको बैठकले सेयरधनीलाई प्रतिकित्ता ६० रुपैयाँ नगद लाभांश सिफारिस गरेको हो ।
यो प्रस्ताव आगामी साधारणसभाले पारित गरेपछि सेयरधनीले लाभांश पाउनेछन् । गत वर्ष पनि कम्पनीले प्रतिकित्ता ६० रुपैयाँ नगद लाभांश वितरण गरेको थियो। बुधबार सेयर बजार बन्द हुँदा कम्पनीको मूल्य प्रतिकित्ता १२ हजार ७०८ रुपैयाँ छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij