
Apr 18 2025 | २०८२, वैशाख ५ गते
काठमाडौं । जाजरकोट भूकम्पका पीडितलाई राहत, उद्धार तथा पुनर्स्थापनाका लागि दाङको घोराही उपमहानगरपालिकाले १५ लाख सहयोग गर्ने निर्णय गरेको छ ।
आइतबार बसेको नगर कार्यपालिका बैठकले जनप्रतिनिधि, शिक्षक, स्वास्थ्यकर्मी र प्रशासनिकतर्फका कर्मचारी गरी १ हजार ३६६ जनाको एक दिनको तलब कटाएर भूकम्प पीडितलाई प्रदान गर्ने निर्णय गरेको हो । शुक्रबार जाजरकोट केन्द्र बनाएर गएको भूकम्पबाट ज्यान गुमाएका तथा घाइते भएका व्यक्तिको परिवारको राहत, उद्धार तथा पुरस्थापनाका लागि प्रदेश सरकारसँगै स्थानीय तहहरुले पनि सहयोग रकम घोषणा गरिरहेका छन् ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij