Jun 04 2026 | २०८३, जेठ २१ गते
काठमाडौं । भालुको आक्रमणबाट अछाममा एक बालिका घाइते भएकी छिन् । जिल्लाको ढकारी गाउँपालिका–३ अनारीगाउँकी १५ वर्षीया दिलकुमारी बुढालाई आइतबार भालुले आक्रमण गरेर घाइते बनाएको हो ।
घर नजिकैको जंगलमा घाँस काट्ने क्रममा बालिकालाई भालुले आक्रमण गरेको प्रहरीले जनाएको छ । उनलाई थप उपचारका लागि धनगढी पठाइएको छ ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij