
Apr 18 2025 | २०८२, वैशाख ५ गते
काठमाडौं । कैलालीमा जुवातास खेलिरहेको अवस्थामा ७ जना पक्राउ परेका छन । पक्राउ पर्नेमा टिकापुर नगरपालिका-२ बिकासपुर बस्ने बिकाश बुढा र सोही ठाउँ बस्ने २९ वर्षीय अर्जुन खत्री लगायत ७ जना रहेका छन ।
ईलाका प्रहरी कार्यालय टिकापुरबाट खटिएको प्रहरीले उनीहरूलाई नगद २४ हजार २५ रूपैयाँ र ३ गड्डी ताससहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij