Logo

Apr 09 2025 | २०८१, चैत २७ गते

Apr 09 2025 | २०८१, चैत २७ गते

इजरायलमा घटनामा मारिएका १० जनाकै शव नेपाल आइपुग्यो

इजरायलमा घटनामा मारिएका १० जनाकै शव नेपाल आइपुग्यो

  • काठमाडौँ । इजरायल घटनामा मारिएका सबै नेपालीको शव नेपाल आइपुगेको छ । हमास समूहको आक्रमणमा परी गत असोज २० गते १० जना नेपाली विद्यार्थी मारिएका थिए । परराष्ट्र मन्त्रालयले मारिएका १० जनाकै शव नेपाल आइपुगेको जनाएको छ ।

    images
    images
    images

    सल्यानको शारदा–३ का प्रेम भण्डारी, डोटीको लामिखाल–८ का पदम थापा र डोटीकै राजन फुलाराका शव आइपुगेको छ । परराष्ट्र मन्त्रालयले उनीहरूको शवलाई नेपाली सेनाको हेलिकप्टरमार्फत सुर्खेत लगिएको जनाएको छ । हेलिकप्टरमार्फत नै सुर्खेतबाट भण्डारीको शव दाङ र थापा तथा फुलाराको शव डोटी लगेर आफन्तलाई बुझाईनेछ ।

    यसअघि बझाङको जयपृथ्वी–६ का गणेशकुमार नेपाली, दार्चुला मालिकार्जुन–४ का लोकेन्द्रसिंह धामी, दार्चुला लेकम–५ का दिपेशराज विष्ट, धनुषा सापही– ६ का आनन्द शाह, कैलाली घोडाघोडी–४ का नारायणप्रसाद न्यौपाने, सुनसरी मधुवन–१ का राजेशकुमार स्वर्णकार र कैलाली बौनिया–३ का आशीष चौधरीको शव नेपाल ल्याएर आफन्तलाई बुझाइएको थियो ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij