
Apr 17 2025 | २०८२, वैशाख ४ गते
काठमाडौं । रौतहटको कटहरीया नगरपालिका ४ बलरामपुरमा धान कुट्ने मिल भएको एक घरमा आगलागी हुँदा १० लाख भन्दा बढीको क्षति भएको छ ।
स्थानीय गनिलाल साह तेलीको घरमा गए राति १२ बजे आगलागी भएको थियो । आगलागी बाट घर, ३ वटा भैँसी, ३ वटा खसी बाख्रा जलेर मरेका छन् भने एउटा मोटरसाइकल, विद्युतीय मोटर, मिलको पार्टपुर्जा जल्दा १० लाख बढीको क्षति भएको अनुमान गरिएको छ ।
आगो निभाउने क्रममा घरधनी गनिलाल साह घाइते भएका छन् । आगलागीको कारण भन्ने खुल्न सकेको छैन ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij