Logo

Apr 09 2025 | २०८१, चैत २७ गते

Apr 09 2025 | २०८१, चैत २७ गते

प्रधानमन्त्री प्रचण्ड बुटवल जाँदै

प्रधानमन्त्री प्रचण्ड बुटवल जाँदै

  • काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज बुटवल जाँदैछन् । प्रधानमन्त्री दाहाल आम्दा अस्पतालको २५औँ वार्षिकोत्सव समारोहको उद्घाटन गर्नका लागि बुटबल जान लागेका हुन् ।

    images
    images
    images

    उक्त अस्पताल आम्दा नेपाल, तत्कालीन बुटवल नगरपालिका र बुटवल उद्योग वाणिज्य संघबीच त्रिपक्षीय लगानीमा निर्माण भएको हो । सो अस्पतालमा ५० शय्या बनाइएको थियो । तर, अहिले सो अस्पतालको क्षमता विस्तार गरी २ सय शय्याको बनाउने भएपछि प्रधानमन्त्री प्रचण्डले नयाँ भवनको शिलान्यास गर्नेछन् ।

    प्रधानमन्त्री प्रचण्डले अस्पतालको थप २०० शय्या भवनको शिलान्यास र शैक्षिक कार्यक्रमको शुभारम्भ गर्ने कार्यक्रम तय गरिएको बुटवल उपमहानगरपालिकाका मेयर खेलराज पाण्डेयले जनाएका छन् । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij