Jun 04 2026 | २०८३, जेठ २१ गते
गुल्मी। चन्द्रकोट गाउँपालिका–३ हर्राचौरका शौभाग्य शाह अझै बिक्षिप्त छन् । फर्ममा अचानक आगो लाग्यो । आधा घण्टामा २५ बाख्रा त गुमाए नै, आफु पनि घाइते भए । अरु युवा परदेशलाई मरिहत्ते गर्छन् । तर, सभाग्यले जुन कर्मको लागि जापान र हङकङ त्यागे । आज त्यहि कर्म डुब्यो, जलेर घाइते बन्नु पर्यो । सौभाग्यले हिम्मत हारेनन्, फेरि परदेश पस्ने सोँच बनाएनन् । अहिले सौभाग्य बिचलित छन् । पीडाले मन अमिलो बनेको छ । आगोमा परेर अनुहार निलो भएको छ । ऋण खोजेर जोडेका बाख्रा र मिहिनेतले बनाएको फार्म आगोले केहीबेरमै खरानी भयो । एक्कासी बाख्रा फर्ममा आगो दन्किएको देखे । सौभाग्य हतार–हतारमा आगो दन्किएको फार्ममा झरे । बोकाहरु घाइते अवस्थामा छटपटाएको देखेर फार्मभित्र पसे ।
नयाँ खोर र निकै राम्रा बाख्रा थिए । फार्ममा राजस्थानी, बोयर र जमुना पारीका उन्नत जातका बाख्रा र फार्म गरेर ७० लाखभन्दा बढी लगानी गरेका थिए ।ले गाउँमा सकेको गरेका थिए । शाह परिवारले लोभलाग्दो कृषि कर्म गरेका छन् । ‘गाउँका अरु युवालाई उत्साह भर्न नुमना फर्म बनाउँदै थियौँ,’बाबुछोरा किरणले भने, ‘दैव लाग्यो ।’ सधै सवैलाई उर्जा भर्ने वडाध्यक्ष किरणका आखाँमा अहिले आँसु अटाएका छैनन् ।इलाका प्रहरी कार्यालय चन्द्रकोटका इन्चार्ज मन बहादुर आलेले घटनामा संलग्नहरुको खोजी भइरहेको बताए ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij