
Apr 08 2025 | २०८१, चैत २६ गते
काठमाडौँ । नेपाल बीमा प्राधिकरणले ट्रष्ट माइक्रो इन्स्योरेन्सलाई औपचारिक रुपमा निर्जीवन लघु बीमा व्यवसाय सञ्चालन गर्न इजाजतपत्र दिएको छ । आइतबार उक्त कम्पनीलाई लघुबीमा व्यवसाय गर्न प्राधिकरणले लाइसेन्स दिएको हो ।
ट्रष्ट माइक्रो इन्स्योरेन्सको केन्द्रीय कार्यालय लुम्बिनी प्रदेशको बुटवलमा रहने प्राधिकरणले जनाएको छ । प्राधिकरणका अनुसार लघुबीमा व्यवसाय सञ्चालन गर्ने कम्पनीहरुको न्यूनतम चुक्तापूँजी ७५ करोड रुपैयाँ हुनुपर्ने जनाएको छ ।
यसअघि लघुबीमा व्यवसाय गर्न प्राधिकरणले ७ वटा कम्पनी छनोट गरेतापनि ६ वटा कम्पनीले मात्रै लाइसेन्स पाएका थिए । यसअघि ट्रष्ट माइक्रो इन्स्योरेन्सले तोकिएको चुक्तापूँजी पुर्याउन नसक्दा समयमा लाइसेन्स पाउन सकेको थिएन ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij