
Apr 17 2025 | २०८२, वैशाख ४ गते
काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट मानव तस्करीमा संलग्न भएका आरोपमा एक जना प्रहरी पक्राउ परेका छन् । पक्राउ पर्नेमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कार्यरत प्रहरी जवान जीवराज तामाङ रहेका छन् । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको विशेष टोलीलाई उनलाई पक्राउ गरेको हो ।
तामाङले मानव तस्करको गिरोहसँग मिलेर नक्कली कागजात बनाउने र भिजिट भिसामा सर्वसाधारणलाई दुबईलगायत खाडी मुलुक पठाउने गरेको प्रारम्भिक अनुसन्धानले देखाएको छ। यसबारे प्रहरीले थप अनुसन्धान सुरू गरेको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij