
Apr 17 2025 | २०८२, वैशाख ४ गते
काठमाडौँ । भारतमा प्याजको भाउ किलोकै ८० रुपैयाँ पुगेको छ । हालैका दिनमा प्याजको भाउ बढेको छ । नयाँ दिल्लीको खुद्रा बजारमा एक किलो प्याज ६५ रुपैयाँदेखि ८० रुपैयाँबिच किनबेच भइरहेको छ ।
केन्द्र सरकारले खुद्रा बजारमा भाउ बढ्न थालेपछि शुक्रबार सहुलियत दरका पसलहरू खोलेर प्रतिकिलो २५ रुपैयाँमा प्याज बेचिरहेको छ । नयाँ प्याज बजारमा आउन ढिलाइ हुँदा भाउ बढेको बताइएको छ । बजारमा नयाँ प्याज आउने समय भइसके पनि आइसकेको छैन ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij