Logo

Apr 17 2025 | २०८२, वैशाख ४ गते

Apr 17 2025 | २०८२, वैशाख ४ गते

गौशालामा आगलागी हुँदा १ लाख ५१ हजारको क्षति

गौशालामा आगलागी हुँदा १ लाख ५१ हजारको क्षति

  • काठमाडौँ । महोत्तरीको गौशालामा आगलागी भएको छ । आगलागी हुँदा १ लाख ५१ हजारको क्षति भएको छ । गएराति गौशाला नगरपालिका- ५ का शेख हसमतको फुसको घरमा आगलागी हुँदा घर पूर्णरुपमा जलेर नष्ट भएको छ । इलाका प्रहरी कार्यालय गौशालाले आगलागीमा परी ३ वटा खसी र १ वटा बाख्रा जलेको जनाएको छ । 

    images
    images
    images

    प्रहरी निरीक्षक मनोजकुमार यादवले समयमै खबर पाउनासाथ घटनास्थल पुगेका प्रहरी,गौशाला नगरपालिकाको दमकल र स्थानीयहरूको सहयोगमा समयमै आगो नियन्त्रणमा आउँदा थप क्षति हुनबाट बचेको जानकारी दिएका छन् । 
     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij