
Apr 22 2025 | २०८२, वैशाख ९ गते
काठमाडौं । मुगुमा मृतावस्थामा फेला परेका एकै परिवारका ४ जनाको शव जिल्ला सदरमुकाममा ल्याइएको छ ।
छायानाथ रारा नगरपालिका ६ स्थित मन्दु गाउँमा एकै परिवारका आमा श्रीदेवी बोहोरा,उनका जेठो छोरा ११ वर्षीय मनोज, सानो आठ महिनाका छोरा र ९ वर्षीय छोरी अप्सरा शुक्रबार मृत अवस्थामा फेला परेका थिए । चारै जनाको शव परीक्षणका लागि जिल्ला सदरमुकाम गमगढी ल्याइएको प्रहरीले जनाएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij