
Apr 18 2025 | २०८२, वैशाख ५ गते
काठमाडौँ । प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ आज बेलुका चीन जाने भएका छन् । श्रेष्ठ चीनका प्रधानन्यायाधीश चाङ च्युइनको निमन्त्रणामा चीन जान लागेका हुन् ।
चिनियाँ प्रधानन्यायाधीशको निमन्त्रणामा प्रधानन्यायाधीश श्रेष्ठ चीन जान लागेको सर्वोच्च अदालतका सूचना अधिकारी गोविन्दप्रसाद घिमिरेले जनाएका छन् । चीनमा रहँदा प्रधानन्यायाधीश श्रेष्ठ चाइना ल फोरमले गरेको कार्यक्रममा सहभागी हुनेछन् ।
प्रधानन्यायाधीशको भ्रमण टोलीमा न्यायाधीश डा.आनन्द मोहन भट्टराई र मुख्य रजिष्ट्रार लालबहादुर कुँवर सभागी हुनेछन् । श्रेष्ठ कार्त्तिक १७ गते स्वदेश फर्कनेछन् ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij