
Apr 19 2025 | २०८२, वैशाख ६ गते
काठमाडौँ । भारतको मणिपुर सरकारले राज्यमा मोबाइल इन्टरनेटमा लगाइएको प्रतिबन्द बढाएको छ । बीबीसी हिन्दीले मणिपुरमा अक्टोबर ३१ सम्म मोबाइल इन्टरनेटमा लगाइएको प्रतिबन्द बढाइएको जनाएको छ ।
मुख्यमन्त्री विरेन्द्र सिंहले इन्टरनेटमा लगाइएको प्रतिबन्द हटाउने बताएको एक हप्तापछि पुन: प्रतिबन्द बढाएको जनाइएको छ । केही असामाजिक तत्वले जनभावना भड्काउने गरी तस्वीर र भिडियो फैलाउन सामाजिक सञ्जालको दुरुपयोग गर्न जोखिम रहेको भन्दै प्रतिबन्द बढाइएको हो ।
गत मईदेखि मणिपुरमा दुई समुदायबीच भड्किएको हिंसाका कारण पाँच महिनादेखि तनाब जारी छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij