Logo

Apr 18 2025 | २०८२, वैशाख ५ गते

Apr 18 2025 | २०८२, वैशाख ५ गते

निरन्तर ओरालो झर्दै सुनको मूल्य, आज कति छ तोलामा ?

निरन्तर ओरालो झर्दै सुनको मूल्य, आज कति छ तोलामा ?

  • काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य तोलामा ८ सयले गिरावट आएको छ ।

    images
    images
    images

    साताको शुरुको दिन आइतवार प्रतितोला छापावाला सुनको मूल्य ९३ हजार रहेको थियो । भने आज मूल्यमा कमि आइ प्रतितोला सुन ९२ हजार २ सय कायम भइ कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यसअघि शुक्रवार सुनको मूल्य ९५ हजार ३ सय रहेको थियो । आइतवार सुनको मूल्य एकैपटक २३ सयले कमि भएको थियो ।

    त्यस्तै आज तेजावी सुनको मूल्य ९१ हजार ७ सय रहेको छ ।

    महासंघका अनुसार आज प्रतितोला चाँदीको मूल्य तोलामा ४० रुपैयाँले कमि आएको छ । आइतवार प्रतितोला चाँदीको मूल्य १२ सय ७० रहेको थियो । भने आज प्रतितोला चाँदी १२ सय ३० कायम भइ कारोबार भइरहेको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij