
Apr 11 2025 | २०८१, चैत २९ गते
काठमाडौँ । सरकारले परराष्ट्रमन्त्री एनपी साउदको अमेरिकाको भ्रमण स्वीकृत गरेको छ ।
सरकारका प्रवक्ता रेखा शर्माले बिहीबार बिहान बसेको मन्त्रिपरिषद बैठकका निर्णयहरू सार्वजनिक गर्दै परराष्ट्रमन्त्रीको कार्त्तिक ८ गतेदेखि १६ गतेसम्म अमेरिकाको भ्रमण स्वीकृति गर्ने निर्णय भएको जानकारी गराएकी हुन् ।
बैठकले तल्लो अरुण जलविधुत परियोजना ६६९ मेघावाटको आवश्यक १ सय दशमलव ९७ हेक्टर निजि जग्गा प्राप्ती गर्न स्वीकृती दिने निर्णय गरेको छ । त्यस्तै चाडपर्वमा हुनसक्ने कालाबजारी रोक्न अनुगमन टोली सक्रिय रहेको प्रवक्ता शर्माले जानकारी दिइन् ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij