
Apr 19 2025 | २०८२, वैशाख ६ गते
काठमाडौँ । दोलखाबाट बरामद गरिएको ११ किलो सुन प्रकरणमा थप १ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा रसुवा घर भएका ३८ वर्षीय चेतनाथ न्यौपाने रहेका छन् ।
दोलखाको सिंगटी र लामाबगरबाट बरामद गरिएको सुन तस्करीमा संलग्न आरोपमा पक्राउ पर्नेको संख्या ११ पुगेको छ । न्यौपानेले तस्करी गरेर ल्याएको सुन किन्ने गरेको प्रहरीको अनुसन्धान निष्कर्ष रहेको केन्द्रीय अनुसन्धान ब्यूरोका प्रवक्ता (एसपीं) नवराज अधिकारीले जनाएका छन् ।
हालसम्म पक्राउ पर्नेमा चीनको सिचुवान घर भएका गेङ रोउ, ६२ वर्षका सनत प्रधान, लालबहादुर तामाङ, दोलखा घर भएका राज तामाङ, केशर तामाङ, माधव मगर, पेम्बा तामाङ, नुर्बु छिरिङ शेर्पा, सुनमाला तामाङ, चसमान तामाङ उर्फ च्याङ्बा र चेतनाथ न्यौपाने रहेका छन् ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij