
Apr 02 2025 | २०८१, चैत २० गते
काठमाडौं । हज समितिका अध्यक्ष शमशेर मियाँले आर्थिक अनियमितता गरेको भन्दै सदस्यहरुले गृह मन्त्रालयमा उजुरी दर्ता गराएका छन् । हज समिति सदस्य नजीबुल्लाह अन्सारीले गृह मन्त्रालय, प्रधानमन्त्रीको कार्यालय र संवैधानिक मुस्लिम आयोगमा अध्यक्ष मियाँले आर्थिक अनियमितता गरेको सम्बन्धमा प्रमाणसहित उजुरी दिएको बताए । अध्यक्ष मियाँले हज यात्रामा जाने हाजीहरुको व्यवस्थापनमा करिब तीन करोड रुपैयाँ हिनामिना गरेको आरोप सदस्यहरुले लगाएका छन ।
हाजीहरु बस्न भवन व्यवस्थापन, खाना व्यवस्थापन, हवाई यात्रालगायतमा अनियमितता भएको उनीहरुको भनाइ छ । हज यात्रामा जानेहरुबाट अध्यक्ष मियाँले प्रतिदिन १२ रियाल बढी रकम लिएको आरोपसमेत समितिका सदस्यहरुले लगाएका छन् । हज यात्राका लागि राष्ट्रिय वाणिज्य बैंकमा जम्मा भएको १५ करोड रुपैयाँ ब्याज र कमिसनको लोभमा सनराइज बैंकमा सारेको आरोपसमेत समितिका सदस्यहरुले लगाएका छन् ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij