
Apr 29 2025 | २०८२, वैशाख १६ गते
काठमाडौँ । बाँकेको नेपालगञ्ज उपमहानगरपालिकास्थित वीपीचोकमा आज बिहान आगलागी हुँदा सात पसलमा क्षति भएको छ । जिल्ला प्रहरी कार्यालय, बाँकेका अनुसार विद्युत् चुहावट भइ आगलागी हुँदा आलिया ट्रेडर्स, शादिया फर्निचर, शरीके फर्निचरलगायतका पसलमा सामान जलेर नष्ट भएको छ ।
नेपालगञ्ज उपमहानगरपालिकाको दमकल शाखा प्रमुख झइनबहादुर खडकाले आगलागी नियन्त्रणमा ल्याउन दुई घण्टा लागेको बताए । उपमहानगरपालिकाको तीन र कोहलपुर नगरपालिकाको एउटा दमकल आगो निभाउन प्रयोग गरिएको थियो ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij