
Apr 28 2025 | २०८२, वैशाख १५ गते
काठमाडौँ । दाङमा बसको ठक्करबाट एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा कपिलवस्तु जिल्ला बाणगंगा नगरपालिका-४, स्थायी घर भई हाल भालुवाङ पुल्चोक बजारमा व्यवसाय गर्दै आएका २४ वर्षीय विजय खनाल रहेका छन् ।
काठमाडौंबाट सुर्खेततर्फ गइरहेको ना ७ ख ५९७१ नम्बरको यात्रु बाहक बसको ठक्करबाट खनालको मृत्यु भएको इलाका प्रहरी कार्यालय, भालुवाङले जनाएको छ । बिहान करिब साढे ८ बजेको समयमा बाटो क्रस गर्ने क्रममा बसले खनाललाई ठक्कर दिएको थियो ।
इलाका प्रहरी कार्यालय, भालुवाङका प्रहरी निरीक्षक उज्वल सिंहले गम्भीर घाइते भएका खनालको भालुवाङ अस्पतालमा उपचार गर्ने क्रममा मृत्यु भएको जानकारी दिए ।
ठक्कर दिने बस र चालकलाई भालुवाङ प्रहरीले नियन्त्रणमा लिएको छ । मृतक खनालको शव पोष्टमार्टमका लागि घोराही पठाउने तयारी भइरहेको प्रहरीले जनाएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij