Logo

Apr 22 2025 | २०८२, वैशाख ९ गते

Apr 22 2025 | २०८२, वैशाख ९ गते

इजरायलबाट फर्किइन् फुटबलर ‘साम्बा’

इजरायलबाट फर्किइन् फुटबलर ‘साम्बा’

  • काठमाडौैं । इजरायलमा व्यवसायिक फुटबल खेलिरहेकी नेपाली फुटबलर सावित्रा भण्डारी ‘साम्बा’ स्वदेश फर्किएकी छन् । बुधबार राति उनी काठमाडौँ आइपुगेकी हुन् ।

    images
    images
    images

    त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अखिल नेपाल फुटबल संघ (एन्फा) का प्रवक्ता सुरेश शाहले उनलाई स्वागत गरे । इजरायलको हापोएल रानाना फुटबल क्लबमा अनुबन्धित सावित्रा युरोपेली लिग खेल्ने पहिलो नेपाली खेलाडी हुन् ।

    इजरायलमाथि हमासले आक्रमण गरेपछि त्यहाँ घरेलु तथा अन्तर्राष्ट्रिय खेलकुद प्रतियोगिता स्थगित गरिएको छ । फुटबल गतिविधि बन्द भएपछि उनी नेपाल फर्किएकी हुन् ।

    युरोपेली फुटबल महासंघ (युएफा) मातहतको इजरेली प्रिमियर लिग खेल्न गत साउन १६ गते उनी इजरायल उडेकी थिइन् । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij