Logo

Apr 09 2025 | २०८१, चैत २७ गते

Apr 09 2025 | २०८१, चैत २७ गते

इजरायलबाट २५४ विद्यार्थी आज नेपाल आउँदै

इजरायलबाट २५४ विद्यार्थी आज नेपाल आउँदै

  • काठमाडौं । इजरायलबाट नेपाल फर्कन चाहेका विद्यार्थी आज आउने भएका छन् । हमासले गरेको आक्रमण पछि युद्धरत रहेको इजरायलबाट नेपाल फर्कन चाहेका विद्यार्थी आज आउने भएका हुन ।

    images
    images
    images

    इजरायलबाट फर्किने चाहने नेपालीलाई फिर्ता ल्याउन सरकारले परराष्ट्रमन्त्री एनपी साउदको नेतृत्वमा गएराती २:३० बजे नेपाल एयरलाइन्सको विमान इजरायलतर्फ पठाएको छ ।   

    गएराति ती नेपाली विद्यार्थीको उद्धारका लागि नेपाल वायु सेवा निगमको जहाज त्यसतर्फ प्रस्थान गरेको थियो । इजरायलबाट आज नेपाली बिद्यार्थीसहित युद्धमा घाइतेहरुलाई नेपाल ल्याउँदैछ । 

    परराष्ट्र मन्त्रालयका अनुसार नेपालीहरुलाई लिन गएको बिमान आज साँझ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्नेछ । पहिलो चरणमा २५४ जना विद्यार्थीलाई नेपाल ल्याउन लागिएको मन्त्रालयले जनाएको छ । 

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij