
Apr 19 2025 | २०८२, वैशाख ६ गते
काठमाडौँ । जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौँले विद्युतीय चुरोट (भेप)मार्फत भएको ९ किलो सुन तस्करी प्रकरणमा दोस्रो पटक मुद्दा दायर गरेको छ । सहन्यायाधिवक्ता अच्यूतमणि नेउपानेका अनुसार काठमाडौँ जिल्ला अदालतमा बुधबार चारजनालाई प्रतिवादी बनाएर मुद्दा दायर भएको हो ।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले पूर्वसभामुख तथा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महाराका छोरा राहुलसहित ४ जनालाई प्रतिवादी बनाउन राय दिएको थियो ।
राहुलसँगै चिनियाँ नागरिक दाओजिन वाङ, उनका गाडी चालक लोकेन्द्र पौडेल र दावा छिरिङविरुद्ध पनि मुद्दा दर्ता गरिएको छ । ६१ किलो सुन प्रकरणमा दावा पक्राउ परेका थिए । उनी पुर्पक्षका लागि थुनामा छन् ।
गत भदौँ ३१ गते राहुल महरालाई सीआईबीले पक्राउ गरेर अनुसन्धान गरेको थियो । उनीहरू काठमाडौँ जिल्ला अदालतको आदेशपछि पुर्पक्षका लागि थुनामा छन्।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij