
Apr 08 2025 | २०८१, चैत २६ गते
काठमाडौं । हुम्लाकाे सिमकाेट गाउँपालिकामा जिप दुर्घटना हुँदा नाैजना घाइते भएका छन् । बा. २१ च ७३५३ नम्बरकाे बाेलेराे जिप दुर्घटना भएको हो ।
सिमकाेट गाउँपालिका २ वडाध्यक्ष देवजग बाेहरा र वडा नम्बर ३ वडाध्यक्ष पामा लामासहित ९ जना घाइते भएकाे जानकारी प्राप्त भएकाे छ । जिप सडकभन्दा २ सय मिटर तल जग्गामा खसेकाे छ ।घाइतेहरूलाई जिल्ला अस्पताल हुम्लामा उपचारमा लगिएकाे प्रहरीले जनाएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij