
Apr 11 2025 | २०८१, चैत २९ गते
काठमाडौँ । प्यालेस्टाइनी समूह हमासले इजरायलमा गरेको आक्रमणका विषयमा परराष्ट्रमन्त्री एनपी साउदले संसदमा सम्बोधन गर्ने भएका छन् । परराष्ट्र मन्त्रालयले आइतबार दिउँसो १ बजे बस्ने प्रतिनिधिसभाको बैठकमा विशेष समय लिएर परराष्ट्रमन्त्री साउदले सम्बोधन गर्ने तय भएको जनाएको छ ।
अहिलेसम्म आक्रमणमा ९ जना नेपाली घाइते भएको परराष्ट्र मन्त्रालयले जनाएको छ । उनीहरुमध्ये २ जनाको अवस्था गम्भीर छ । अहिलेसम्म आक्रमणमा परी मृत्यु हुनेको संख्या २५० पुगेको इजरायली अधिकारीहरुले जनाएका छन् । इजरायलको द्वन्द्व प्रभावित क्षेत्र सेदोत नेगेभमा ४९ नेपाली विद्यार्थी रहेका छन् ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij