
Apr 22 2025 | २०८२, वैशाख ९ गते
काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयले विदेशबाट आउने नेपाली नागरिकलाई विभिन्न सामान नल्याउन अनुरोध गर्दै सूचना जारी गरेको छ ।
कार्यालयले विदेशबाट आउने यात्रु तथा विदेशमा बस्ने नेपाली नागरिकले इमर्जेन्सी लाइट, पावर बैंक, आइरन, हेयर ड्रायर, मिक्चर, पानी तान्ने मेसिनलगायतका सामान नल्याउन अनुरोध गरेको हो ।
यस्ता सामानहरू 'एक्सरे मेसिन'मा हेर्दा सबै शंकास्पद देखिने र जाँचपासका क्रममा खोलेर र फुटाएर चेकजाँच गर्नुपर्ने अवस्था देखिएको भन्दै कार्यालयले सूचनामार्फत यस्तो अनुरोध गरेको हो ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij