
Apr 19 2025 | २०८२, वैशाख ६ गते
काठमाडौँ । कपिलवस्तुमा सर्पको टोकाइबाट नाबालिगको मृत्यु भएको छ । वाणगंगा नगरपालिका–९ भलवाडकी ३ वर्षीया रीतिका क्षेत्री र ८ वर्षीया इशिका क्षेत्रीलाई मंगलबार राती सर्पले डसेको थियो ।
बुबा मोतीलाल क्षेत्रीले घरमा सुतिरहेको अवस्थामा दुवै दिदीबहिनीलाई सर्पले टोकेको बताए । उपचारका क्रममा रीतिकाको मृत्यु भएको र इशिकाको भेन्टिलेटरमा उपचार चलिरहेको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलका सूचना अधिकारी डा.नेत्रबहादुर रानाले जनाएका छन् ।
बिहान ४ बजे सर्पले टोक्नासाथ उपचारका लागि कपिलवस्तु सर्पदंश उपचार केन्द्र गोरुसिंगेमा लगिएको थियो । तर अचेत अवस्थामा रहेकाले थप उपचारका लागि लुम्बिनी प्रादेशिक अस्पताल बुटवल पठाइएको थियो ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij