
Apr 22 2025 | २०८२, वैशाख ९ गते
काठमाडौँ । जल उत्पन्न प्रकोप नियन्त्रण कार्यालय, लमही दाङका इन्जिनियर रामबहादुर रानाभाटविरुद्ध तीन करोड १५ लाख ८१ हजार ६६ रुपियाँ भ्रष्टाचार मुद्दा दायर भएको छ ।
रानाभाटले सार्वजनिक सेवामा स्थायी नियुक्ति लिएको मिति २०४६ हसार ३० देखि २०७९ मंसिर ६ गतेसम्मको समग्र आय तथा व्ययको विश्लेषण गर्दा सो भ्रष्टाचार भएको खुलेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता भोला दाहालले जनाएका छन् ।
आयोगका अनुसार सो रकम बराबरको सम्पत्ति गैरकानूनी रुपमा आर्जन गरेकाले भ्रष्टाचार निवारण ऐन, २०५९ बमोजिम बिगो असुलको मागदाबीसहित विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर भएको हो ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij