
Apr 14 2025 | २०८२, वैशाख १ गते
काठमाडौं । नेपाली सुगमसंगीतकी चर्चित गायिका दिलमाया खातीको निधन भएको छ । दमबाट पीडित ८४ वर्षीया खातीको गएराति निधन भएको हो ।
‘बिछोडको पीडा नसकी खप्न दशैंको बेलामा,’ ‘सम्झेर बुझेर दिइहाल त्यो जोवन,’ ‘खोलाको दुई किनार भो तिम्रो र मेरो पिरती’ लगायतका गीत उनले गाएकी छन् । उनी दार्जिलिङमा जन्मिएकी हुन् । उनले नेपाली भाषाका एक सयभन्दा बढी गीतहरु गाएकी छन् ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij