
Apr 22 2025 | २०८२, वैशाख ९ गते
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घुस लिएको अभियोगमा एक असिस्टेन्ट सब–इन्जिनियरलाई पक्राउ गरेको छ ।
काठमाडौं चन्द्रागिरि नगरपालिका–१४ वडा कार्यालयमा कार्यरत असिस्टेन्ट सब–इन्जिनियर विजयालक्ष्मी पन्तलाई २५ हजार रुपैयाँ घुस लिइसकेको अवस्थामा आयोगले नियन्त्रणमा लिएको हो ।
भवन निर्माण सम्पन्न प्रमाणपत्र दिने क्रममा पन्तले सेवाग्राहीसँग घुस लिएको आशंकामा पक्राउ गरेको हो । आयोगका प्रवक्ता भोला दाहालले आयोगको टंगालबाट खटेको टोलीेले पन्तलाई घुस रकमसहित सतुंङ्गलबाट पक्राउ परेको जानकारी दिए ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij