
Apr 19 2025 | २०८२, वैशाख ६ गते
काठमाडौं । पटक–पटक गरी दोलखाबाट बरामद भएको ११ किलो सुन प्रकरणमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले चिनियाँ नागरिकसहित थप ३ जनालाई पक्राउ गरेको छ ।
प्रहरीले चिनियाँ नागरिक गेङ्रुसँगै उनका सहयोगी र सुन किनबेचमा संलग्न लालबहादुर तामाङलाई पक्राउ गरेको हो । उनीहरुलाई काठमाडौंको स्वयम्भुबाट नियन्त्रणमा लिइएको सिआइबीले जनाएको छ । यस प्रकरणमा सातजना पक्राउ परिसकेका छन् ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij