Logo

Jun 28 2026 | २०८३, असार १४ गते

Jun 28 2026 | २०८३, असार १४ गते

रक्सी पिउँदा विवादपछि हत्या

रक्सी पिउँदा विवादपछि हत्या

  • काठमाडौं । रेस्टुरेन्टमा मादक पदार्थ सेवन गरी वादविवाद हुँदा छुरा प्रहार गरी एक जनाको हत्या गरेर फरार रहेका तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा झापाको दमक नगरपालिका–७ घर भएका २२ वर्षीय सनमलाई राई, दमक नगरपालिका–१ बस्ने आनन्द भन्ने २२ वर्षीय राजकुमार भुजेल र दमक नगरपालिका–७ बस्ने रेहान भन्ने १८ वर्षीय सवास आलम रहेका छन् ।

    onlinepatrika
    Arghakhachi

    गत असोज १२ गते दमकको कुमाल चोकमा रहेको रुवेल माछा फ्राई एन्ड रोस्ट हाउसमा मादक पदार्थ पिउँदा विवाद हुँदा सनम राईले लुकाइरहेको छुरा प्रहार गरी ३८ वर्षीय गोविन्द लिम्बुको हत्या गरिएको थियो । घटनापछि प्रहरीले विशाल कुमालसहित ८ जनालाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको थियो ।

    AGNI GROUP

    हतियार व्यवस्थापनमा सहयोग गर्ने मफुद मियालाई पनि जिल्ला प्रहरी कार्यालय मोरङले नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij