
Apr 07 2025 | २०८१, चैत २५ गते
काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष आफ्नो वर्षिक प्रतिवेदन पेश गरेको छ । अख्तियारका प्रमुख आयुक्त प्रेमकुमार राईले राष्ट्रपति भवन शीतल निवासमा वार्षिक प्रतिवेदन पेश गरेका हुन् ।
राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता वसन्त प्रसाद पन्थीले जारी गरेको विज्ञप्तिमा राईले नेपालको संविधानको धारा २९४ बमोजिम सोमबार आर्थिक वर्ष २०७९–०८० को वार्षिक प्रतिवेदन पेश गरेको उल्लेख छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij