Logo

Jun 28 2026 | २०८३, असार १४ गते

Jun 28 2026 | २०८३, असार १४ गते

सचिव सहित सात जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर

सचिव सहित सात जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर

  • काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव मधुकुमार मरासिनीसहित सात जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ। 

    onlinepatrika
    Arghakhachi

    ६ वर्षअघि नेशनल पेमेन्ट गेटवे खरीदमा राष्ट्रिय सूचना प्रविधि केन्द्रका तत्कालीन कार्यकारी निर्देशक समेतको मिलेमतोमा २३ करोड रुपैयाँ भन्दा बढी भ्रष्टाचार भएको अख्तियारको ठहर छ । अख्तियारका प्रवक्ता भोला दाहालले उनीहरू विरुद्ध सोमबार विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरिएको जानकारी दिए।

    AGNI GROUP

    अख्तियारले नेपाल टेलिकमका प्रवन्ध निर्देशक सुनिल पौडेल, राष्ट्रिय सूचना प्रविधि केन्द्रका तत्कालीन निर्देशक तथा हाल उपनिर्देशक सफल श्रेष्ठ, अर्थ मन्त्रालय बजेट तथा कार्यक्रम महाशाखाका तत्कालीन महाशाखा प्रमुख तथा हाल उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव मधुकुमार मरासिनी, राष्ट्रिय सूचना प्रविधि केन्द्रका तत्कालीन सहायक निर्देशक रमेशप्रसाद पोखरेल, राष्ट्रिय सूचना प्रविधि केन्द्रका तत्कालीन लेखा अधिकृत निमबहादुर वली, राष्ट्रिय सूचना प्रविधि केन्द्रका तत्कालीन लेखा अधिकृत रामबहादुर बुढा र राष्ट्रिय सूचना प्रविधि केन्द्रका कम्प्युटर इन्जिनियर राम शरण गायकलाई प्रतिवादी बनाएर मुद्दा दायर गरेको हो ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij