
Apr 11 2025 | २०८१, चैत २९ गते
काठमाडौं । कलाकार अनमोल केसीलाई प्रहरीले म्याद थप गर्न सरकारी वकिल कार्यालय लगेको छ । टेकुस्थित काठमाडौं प्रहरी परिसरबाट उनलाई म्याद थपका लागि सरकारी वकिलको कार्यालय लगिएको हो ।
प्रहरीले केसीलाई ठगी आरोपमा शुक्रबार पक्राउ गरेको हो । केसीको स्वास्थ्यमा अचानक समस्या आएपछि महाराजगञ्जस्थित चिरायु अस्पताल भर्ना गरिएको थियो ।
एड्भान्स लिएर पनि केसीले फिल्ममा काम नगरेपछि ‘‘रावायण’ फिल्मकी निर्माता सुप्रिया कटुवालले उनीविरुद्ध उजुरी दिएकी थिइन् ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij