
Apr 22 2025 | २०८२, वैशाख ९ गते
काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले १ लाख ५० हजार रुपैयाँ घुस रकमसहित दुई जना कर्मचारीलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भूमिसुधार तथा मालपोत कार्यालय सुनसरीमा कार्यरत नायब सुब्बा सुदिप कटुवाल र खरिदार रमेश अधिकारी रहेका छन् ।
अख्तियारको इटहरी कार्यालयबाट खटिएको टोलीले जग्गा नामसारी गरेवापत सेवाग्राहीसँग घुस माग गरेको उजुरी निवेदनका आधारमा उनीहरुलाई १ लाख ५० हजार रुपैयाँ घुस रकम लिइसकेको अवस्थामा इनरुवा नगरपालिका वडा नम्बर ३ स्थित मालपोत चोकबाट नियन्त्रणमा लिइएको प्रवक्ता भोला दाहालले जानकारी दिए । उनीहरुमाथि थप अनुसन्धान भइरहेको अख्तियारको भनाइ छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij