
Apr 07 2025 | २०८१, चैत २५ गते
काठमाडौँ । राष्ट्रपति कार्यालयमा कार्यरत सहसचिव शेरजङ्ग कार्कीको निधन भएको छ । ५२ वर्षीय कार्कीलाई स्वास्थ्यमा समस्या देखिएपछि शुक्रबार बिहान नर्भिक अस्पताल लगिए पनि अस्पतालले मृत घोषणा गरेको थियो ।
ओखलढुङ्गाका कार्की राष्ट्रपति कार्यालयमा कानुन महाशाखामा कार्यरत थिए । सहसचिव कार्कीको निधन भएको अस्पताललाई उद्धृत गर्दै राष्ट्रपति कार्यालयका सञ्चारविज्ञ खिला कार्कीले जानकारी दिए ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij