Logo

Apr 28 2025 | २०८२, वैशाख १५ गते

Apr 28 2025 | २०८२, वैशाख १५ गते

राहत शिक्षकहरूको आन्दोलन आज पनि जारी

राहत शिक्षकहरूको आन्दोलन आज पनि जारी

  • काठमाडौँ । काठमाडौंमा आज पनि राहत शिक्षकहरूले आन्दोलन जारी राखेका छन् । माइतीघर मण्डलमा भेला भएर नेपाल राहत शिक्षक केन्द्रीय समितिको अगुवाइमा उनीहरूले विरोध प्रदर्शन गरिरहेका छन् ।

    images
    images
    images

    उनीहरूले विद्यालय शिक्षा विधेयकमा असहमति जनाउँदै असोज ३ गतेदेखि निरन्तर आन्दोलन जारी राखेका हुन् । यसअघि सरकार र शिक्षक महासंघबीच ६ बुँदे सहमति भएपनि त्यसमा आफूहरूका माग सम्बोधन नभएको भन्दै राहत शिक्षकहरूले आन्दोलनलाई निरन्तरता दिएका हुन् ।

    उनीहरुले बुधबार पनि माइतीघरदेखि बानेश्वरसम्म प्रदर्शन गरेका थिए । प्रदर्शनका क्रममा राहत शिक्षकहरूले निषेधित क्षेत्र तोड्न खोजेपछि प्रहरीले हस्तक्षेप गरेको थियो । आफ्ना मागहरू पूरा नभएसम्म आन्दोलन जारी राख्ने उनीहरूको अडान छ । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij