Logo

Apr 22 2025 | २०८२, वैशाख ९ गते

Apr 22 2025 | २०८२, वैशाख ९ गते

अंशु ट्रेडर्समा आगलागी

अंशु ट्रेडर्समा आगलागी

  • काठमाडौँ । रौतहटको गरुडाको अंशु ट्रेडर्समा आगलागी भएको छ । ईलाका प्रहरी कार्यालय गरुडाका प्रमुख डिएसपी ओम प्रकाश खनालका अनुसार गएराति भएको आगलागीबाट पसलमा रहेको सम्पूर्ण सामान जलेर नष्ट भएको छ । स्थानीय रामजनम साहले सञ्चालन गरेको उक्त फर्नीचर पसलमा अचानक भएको आगलागी बाट १ करोड भन्दा बढीको क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ ।

    images
    images
    images

    नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयवासी मिलेर ३ वटा दमकलको सहयोगमा करिब ३ घण्टापछि आगलागी नियन्त्रणमा लिइएको डिएसपी खनालले जनाएका छन् । आगलागीको ठोस कारण खुल्न नसके पनि विद्युत सर्ट वा बालिएको धूप सल्किएर घटना भएको अनुमान गरिएकोछ । घटनाबारे थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय गरुडाले जनाएको छ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij