Logo

Apr 08 2025 | २०८१, चैत २६ गते

Apr 08 2025 | २०८१, चैत २६ गते

क्रिकेटर सन्दीप आज चीन जाँदै

क्रिकेटर सन्दीप आज चीन जाँदै

  • काठमाडौँ । १९औँ एसियन गेम्सका लागि नेपाली राष्ट्रिय क्रिकेट टोलीका क्रिकेटर सन्दीप लामिछाने आज चीन जाने भएका छन् । मुद्दा विचाराधीन रहेका कारण सन्दीप टोलीसँग चीन जान पाएका थिएनन् ।

    images
    images
    images

    नेपाल क्रिकेट संघ क्यानका अध्यक्ष चतुरबहादुर चन्दले अदालतमा विचाराधीन मुद्दाको पेसी स्थगित भएपछि सन्दीप आज मध्याह्न १२ बजे चीन जान लागेको जानकारी दिए । बुधबार एसियन गेम्समा नेपालले मंगोलिया र आइतबार माल्दिभ्ससँग समूह चरणका खेल खेल्नेछ ।

    सन्दीपसँगै आज सागर ढकाल पनि चीन जाँदैछन् । ललित राजवंशी घाइते भएपछि टिममा परेका सागर भिषा समस्याका कारण  टिमसँग जान पाएका थिएनन् । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij