Logo

Apr 22 2025 | २०८२, वैशाख ९ गते

Apr 22 2025 | २०८२, वैशाख ९ गते

मोहर डिजिटल प्रालिको अनुमतिपत्र खारेज

मोहर डिजिटल प्रालिको अनुमतिपत्र खारेज

  • काठमाडौं । नेपाल राष्ट्र बैंकले मोहर डिजिटल प्रा.लिको अनुमतिपत्र खारेज गरेको छ । २०७६ मा अनुमतिपत्रप्राप्त मोहर डिजिटल प्रा.लिलाई सोमबार नेपाल राष्ट्र बैंक भुक्तानी प्रणाली विभागले भुक्तानी तथा फर्छ्यौट ऐन, २०७५ को दफा ३६ को खण्ड (छ) र (ज) बमोजिमको कसूर गरेकोले अनुमति खारेज गरेको हो ।

    images
    images
    images

    भुक्तानी तथा फर्छ्यौट विनियमावली (प्रथम संशोधन, २०८०) २०७७ को विनियम ३५ को खण्ड (ग) को व्यवस्थाबमोजिम मोहर डिजिटलको अनुमतिपत्र खारेज गरेको बैंकले जनाएको छ । संस्थाले जारी गरेका भुक्तानी उपकरणको प्रयोग गर्ने ग्राहकसँगको कुनै दायित्व बाँकी रहे सम्बन्धित संस्थामा सम्पर्क गर्न बैंकले सुझाएको छ ।

    note.jpg

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij