Logo

Apr 28 2025 | २०८२, वैशाख १५ गते

Apr 28 2025 | २०८२, वैशाख १५ गते

राहत शिक्षकको आन्दोलन जारी

राहत शिक्षकको आन्दोलन जारी

  • काठमाडौँ । राहत शिक्षकले आज पनि आन्दोलन जारी राखेका छन् । काठमाडौंको माइतीघरदेखि नयाँ बानेश्वरसम्म नेपाल राहत शिक्षक केन्द्रीय समितिको अगुवाइमा राहत शिक्षकहरूले विभिन्न नारा लगाएर प्रदर्शनमा उत्रिएका छन् ।

    images
    images
    images

    राहत शिक्षक,बालविकास शिक्षक,पेन्सनबाट बञ्चित शिक्षकलगायतले सडकमा सुतेर प्रदर्शन गरेका छन् । आफूलाई राज्यले सेवा सुविधाबाट बञ्चित गराएर लाशजस्तै बनाएको भन्दै सांकेतिक रुपमा मुर्दा बनेर सडकमा सुतेर विरोधमा उत्रिएका हुन् ।

    सरकार र नेपाल शिक्षक महासंघबीच भएको ६ बुँदे सहमतिमा माग सम्बोधन नभएको उनीहरूको भनाइ छ । सरकारसँगको सहमतिपछि स्थायी शिक्षकहरू भने विद्यालय फर्किसकेका छन् । आफ्ना माग पूरा नभएसम्म आन्दोलन जारी राख्ने राहत शिक्षकको अडान छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij