
Apr 24 2025 | २०८२, वैशाख ११ गते
काठमाडौँ । कोशी प्रदेश सरकार आज विस्तार हुने भएको छ । मुख्यमन्त्री हिक्मतकुमार कार्कीले मन्त्रिपरिषद् विस्तार गर्ने तयारी गरेका हुन् । स्रोतका अनुसार मन्त्रिपरिषद् विस्तारका लागि मुख्यमन्त्री कार्कीले छलफल गरेका छन् । आज चारदेखि पाँचजना मन्त्री थप्ने उनले तयारी गरेका छन् ।
एमालेबाटै सबै मन्त्री थप्ने तयारी रहेको बताइएको छ । मन्त्रीमण्डल विस्तार गर्न लागेको मुख्यमन्त्री कार्यालय स्रोतले पनि पुष्टि गरेको छ । संविधानको धारा १६८ (३) अनुसार बनेको नेकपा एमालेको अल्पमतको सरकारले आगामी असोज २० सम्म विश्वासको मत लिइसक्नुपर्नेछ ।
मोरङका लिलाबल्लभ अधिकारी, सोलुखुम्बुका बुद्धिकुमार राजभण्डारी, सुनसरीका रामप्रसाद मेहता र धनकुटाका निरन राई मन्त्री बन्ने सम्भावना भएका नेताहरू हुन् । यसअघि एमालेबाट तिलकुमार मेन्याङ्बो, पिके राई, एकराज कार्की, सिर्जना राई मन्त्री भइसकेका छ्न् ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij